बागमती प्रदेश सरकारले दुग्ध किसानलाई ३० करोड अनुदान दिने

0
Shares

बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई अनुदान दिनका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कृषि तथा पशुपछी विकास मन्त्रालयले विनियोजित गरेको सो रकम दुग्ध उत्पादक सहकारी संस्थालाई दिने र सहकारीले दुग्ध किसानलाई वितरण गर्ने जनाइएको छ । मासिक १ हजार ५०० लिटर दूध सङ्कलन गर्ने र वार्षिक कम्तीमा २०० दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादक सहकारीलाई अनुदान उपलब्ध गराउने बागमती प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ ।

सो अनुदानअन्तर्गत दुग्ध सहकारीमार्फत दुग्ध बिक्री गर्ने किसानलाई १ लिटरमा ५ रुपैयाँ अनुदान दिइने छ । यसका लागि दुग्ध उत्पादन कृषि सहकारी संस्थाबाट आवेदन सङ्कलन गरी अध्ययन भइरहेको पशुपक्षी तथा मत्स्यविकास निर्देशनालय हेटाँैडाका निर्देशक डा. व्रजकिशोर ठाकुरले जानकारी दिए ।

निर्देशनालयले अनुदान कार्यक्रमका लागि सहभागी हुनका लागि सूचना प्रकाशित समेत गरेको छ । उनले तीन जिल्लाको आवेदन प्राप्त हुन बाँकी रहेको र यसको समेत अध्ययन गरेर आगामी फागुन मसान्तभित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने जानकारी दिए ।

निर्देशनाले गत आर्थिक वर्षमा २६० दुग्ध उत्पादक सहकारी मार्फत प्रदेशभरिका दुग्ध किसानलाई १६ करोड अनुदान वितरण भएको थियो । गत वर्ष किसानले प्रतिलिटर १ रुपैयाँ ६४ पैसा अनुदान पाएको बताइएको छ । २०७६ सालदेखि किसानलाई दूधमा नगद अनुदान दिँदै आएको सो निर्देशनालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७९, बिहिबार  १८ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।