गुहेश्वरी फाइनान्सको सेयर मूल्य समायोजन

0
Shares

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले माघ २० गते शुक्रबार बुकक्लोज तोकेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको हो ।

फाइनान्सको ६.५० प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ३४२ रुपैयाँ ७२ पैसा भाउ तोकिएको छ । फाइनान्सको सेयर बिहीबार प्रतिकित्ता ३६५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

गत आर्थिक वर्षको नाफाबाट फाइनान्सले चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले माघ २७ गते, गुहेश्वरी भवन, हरिहर भवन काठमाडौंमा बिहान १० बजे २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।