नबिल बैंकको तीन महिनाको नाफा ११२ करोड, अन्य सूचक यस्ता छन्

0
Shares

नविल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १२ करोड ३५ लाख खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ६.७६ प्रतिशतले बढीे हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड २४ लाख खुद मुनाफा गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ७४ करोड २२ लाख ६३ हजार आर्जन छ ।

बैंकले यस अवधिमा १ खर्ब ७२ अर्ब ९९ करोड निक्षेप संकलन गरेर १ खर्ब ३५ अर्ब ४८ करोड कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप ६.१६ प्रतिशत तथा कर्जा ६.२७ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा बैंकले १ अर्ब ९१ करोड ८६ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन समीक्षा अवधिको भन्दा ४.०९ प्रतिशतले बढी हो ।

९ अर्ब १ करोड १८ लाख ४५ हजार चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब ५७ करोड ८८ लाख ५४ हजार राखेको छ । बैंकको रिटेन अर्निङ्ग ४ अर्ब ७५ करोड ८९ लाख छ।

बैंकको चुक्ता पूँजी बढेसंगै प्रतिशेयर आम्दानी भने २ रुपैयाँ ४३ पैसाले घटेर ४८ रुपैयाँ ९३ पैसा कायम भएको छ । यस्तै बैंकको पूँजीकोष अनुपात १२.२० प्रतिशत, खराब कर्जा ०.६५ प्रतिशत, आधारदर ७.९४ प्रतिशत, कोषको लागत ६.२० प्रतिशत र कर्जा निक्षेप अनुपात ७४.०९ प्रतिशत र स्प्रेडदर ४.४५ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा खराब कर्जा अनुपात र कोषको लागत बढेको छ भने आधारदर,कर्जा निक्षेप अनुपात र स्प्रेडदरमा भने घटेको छ।