नेपाल एसबिआई बैंकको निराशाजनक प्रगति अधिकांस सूचकमा गिरावट

0
Shares

नेपाल एसबिआई बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांस सूचक ओरालो लागेको वित्तीय विवरण सार्वजनिक गरेको छ । व्यवसाय विस्तारमा कमजोर देखिएको बैंकको संचालन नाफा, खुद नाफा, ब्याज आम्दानी तथा प्रतिशेयर आम्दानी लगायतका सूचक ओरालो लागेका छन् । 

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४३ करोड ७२ लाख खुद नाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १०.७३ प्रतिशतले कम हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) ३१ करोड ९१ लाख रुपैयाँ छ। बैंकको निक्षेप संकलन तथा कर्जा परिचालनमा सुधार देखिएको पनि खुद ब्याज आम्दानीमा गिरावट आएको छ ।

असोज मसान्तसम्म बैंकले ९९ अर्ब ७० करोड निक्षेप संकलन गरेर ९० अर्ब ९७ करोड कर्जा लगानी गरेको छ। बैंकको नक्षेप साढे ५ प्रतिशत तथा कर्जा ७.८० प्रतिशतले बढेको हो । यसअवधिमा बैंकले एक अर्ब २५ करोड ६४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। जुन समीक्षा अधिको भन्दा २.३० प्रतिशत कम हो ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख छ । यस्तै बैंकको जगेडा कोषमा ३ अर्ब ८५ करोड ८० लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग एक अर्ब ८७ करोड ५२ लाख रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३५ पैसाबाट २० रुपैयाँ ७० पैसामा झरेको छ।

बैकले खराब कर्जा अुनपातमा सुधार देखिन्छ । गत वर्ष ०.२० प्रतिशत रहेको खराब कर्जा अनुपात यस अवधिमा ०.१७ प्रतिशतमा झरेको हो। बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा, मूल्य आम्दानी अनुपात २०.७० गुणा छ। यस्तै बैंकको पूँजी कोष अनुपात १३.६९ प्रतिशत, आधारदर ९.९४ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८.५८ प्रतिशत रहेको छ।