राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट बाहिरिने निर्णय

0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सो पार्टीको आज बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सो जानकारी दिएका हुन् ।

बैठकले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल २ जना मन्त्री र १ जना राज्यमन्त्री सरकारमा सहभागी छन् । यसअघि पार्टी अध्यक्ष लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट उनी पदमुक्त भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ माघ २०७९, आइतबार  १६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।