आँखुखोला जलविद्युतको नाफा २ करोड ६६ लाखमा खुम्चियो

0
Shares

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८९।८० को दोस्रो त्रैमाससम्म २ करोड ६६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा ३ करोड ७७ लाख ७५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीको नाफा २९.४३ प्रतिशत घटेको हो ।

कम्पनीले विद्युत् बिक्रीबाट पुस मसान्तसम्म १२ करोड २३ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिसम्म १३ करोड ६५ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्री आय १०.४३ प्रतिशतले घटेको हो ।

चुक्ता पुँजी ८० करोड रहेको कम्पनीको प्रति सेयर आम्दानी ६ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै जगेडा कोषमा २१ करोड २० लाख रकम ऋणात्मक बनेसँगै कम्पनीको प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ ५० पैसा रहेको छ ।

कम्पनीको वित्तीय खर्च भने गत वर्षभन्दा १०.६७ प्रतिशत घटेर ५ करोड ३० लाख ६५ हजारमा झरेको छ ।

यस्तै सञ्चालन आम्दानी १०.४३ प्रतिशत घटेर ७ करोड ९७ लाख २३ हजार रुपैयाँमा संकुचित भएको छ । यसअघि गत आवको सोही अवधिमा सञ्चालन आम्दानी ९ करोड ७१ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।