ग्रामीण विकास लघुवित्त साढे १२ करोड बढी घाटामा

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । घट्दो आम्दानी र बढ्दो कर्जा नोक्सानी व्यवस्थापनका कारण कम्पनीको नोक्सानी उच्च बनेको हो ।

अघिल्लो आवको सोही अवधिमा १९ करोड २६ हजार रुपैयाँ खुद नाफा गरेको लघुवित्तको नाफा १६६ प्रतिशतको उच्च गिरावट आएको हो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार लघुव्त्तिको खराब कर्जा अनुपात ४.७१ प्रतिशतबाट बढेर ८.९१ प्रतिशत पुगेको छ ।

कम्पनीले सम्भावित जोखिम बापत २६ करोड ६ लाख बढी छुट्याएको छ । जबकी अघिल्लो आवको यसै अवधिमा ९ करोड १३ लाख थियो ।
कम्पनीले पुसमसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब २ करोड सापटी तथा ३ अर्ब ७१ करोड निक्षेप संकलन गरेर १२ अर्ब ८४ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।

चुक्ता पूँजी ९८ करोड २५ लाख रहेको कम्पनी नोक्सानीमा पुगेसँगै प्रति सेयर आम्दानी २५ रुपैयाँ ६४ पैसा ऋणात्मक भएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा १ अर्ब २७ करोड रुपैयाँ सञ्चित रहँदा प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ६ पैसा कायम भएको छ । यस्तै मूल्य आम्दानी अनुपात २६.५२ गुणा ऋणात्मक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ माघ २०७९, आइतबार  १८ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।