नेपाल लाइफको खुद नाफा २३७ प्रतिशत बढ्यो, ४४ करोड बढी आर्जन

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म ४४ करोड १ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा १३ करोड ४ लाख ९९ हजार खुद नाफा कमाएको कम्पनीको नाफा २३७.२९ प्रतिशतले बढेको हो ।

चालु आवको ६ महीना अवधिमा ६५ करोड ५१ लाख बढी गरेको कम्पनीले २१ करोड ५० लाखभन्दा बढी खर्च गरेको हो । गत आवको सोहो अवधिमा कम्पनीले ४५ करोड ६ लाखभन्दा बढी आम्दानी गरेर ३२ करोड १ लाखभन्दा बढी खर्च गरेको थियो ।

सेयर बजारबाट भारी नोक्सानी खाएको कम्पनीले यस वर्ष आम्दानी बढोत्तरी गर्दै गत वर्षको तुलनामा खर्च कम गर्दा नाफामा उल्लेख्य वृद्धि भएको हो । चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रहेको कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ७३ पैसा कायम भएको छ ।
कम्पनीको जगेडा कोष रकम ४८ करोड ४ लाख ४९ हजार रुपैयाँ बढी सञ्चित रहँदा प्रति सेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा रहेको छ । यस्तै इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६८.४४ गुणा रहेको छ ।

कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८३ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १४ प्रतिशत बढ्दा जीवन बीमा कोष २०.८४ प्रतिशत र महाविपत्ती कोष १५.८२ प्रतिशत बढेको छ । जगेडा कोष भने ७२.५९ प्रतिशत घटेको छ ।

दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शुल्क संकलन १.६० प्रतिशत बढेर १८ अर्ब ४० करोड ४५ हजार संकलन गरेको छ । गत आवको सोही अवधिमा १८ अर्ब ११ करोड ३ लाख १६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ८ अर्ब ४४ करोड २५ लाख भन्दा बढी खुद दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा ७ अर्ब ३० करोड ६६ लाख रुपैयाँ थियो ।

पुससम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ११ लाख ८५ हजार ४७४ रहेको छ भने कुल बीमाशुल्क संकलन १८ अर्ब ८२ करोड ७४ लाख २६ हजार रुपैयाँ रहेको छ । कुल बीमाशुल्क संकलन हालसम्म २ खर्ब ५ अर्ब ७६ करोड ४२ लाख २२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले ४३ हजार १४६ वटा दाबी भुक्तानी वापत ८ अर्ब ८२ करोड ७५ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरेको छ भने १ अर्ब १० करोड ३ लाख ११ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले  बीमितलाइ प्रतिहजार ६२ देखि ८२ रुपैयाँसम्म बोनसदर वितरण गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।