सानिमा माई हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा ३२ करोड ९२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको सोही अवधिमा ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ कमाएकोमा समीक्षा अवधिमा खुद नाफा ११.३६ प्रतिशतले घटेको हो । विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै कम्पनीको नाफा पनि घट्न पुगेको हो ।
यसअघि धेरै हाइड्रोपावर कम्पनीहरुको नाफा घटेकोमा यस कम्पनीको पनि नाफा घटेको हो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १२.४३ प्रतिशत घटेको छ । पुससम्म कम्पनीले ५० करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । २२ मेगावाट क्षमताको माई हाइड्रोपावर प्लान्टबाट ३७ करोड ८५ लाख रुपैयाँ र ७ मेगावाट क्षमताको माई क्यासकेड पलान्टबाट १२ करोड ६३ लाख रुपैयाँ आम्दानी भएको हो ।
गत आवको सोही अवधिमा ५७ करोड ६५ लाख रुपैयाँ थियो । यस्तै २ करोड २८ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको कम्पनीको वित्तीय खर्च ६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६६ पैसा कायम भएको छ । गत आवको सोही अवधिमा १२ रुपैयाँ २ पैसा थियो ।
सानिमा माईको सेयरधनीकोषमा १ अर्ब ८ करोड ८४ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात ३२.४६ गुणा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया