सरकार र विद्युत् प्राधिकरणको असहयोगको कारणले विद्युतीय चार्जिङ्ग स्टेसन बन्द

0
Shares

नेपाल सरकार विधुत् नियमन आयोग र विधुत् प्राधिकरणका असहयोगका कारण विधुतीय सवारी साधन चार्जिङ्ग स्टेशन बन्द हुने भएको छ ।

निजी खर्चमा विधुतीय सवारी साधन चार्जिङ्ग स्टेशन सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालिले भोलिबाट चार्जिङ्ग मेसिन र विद्युतीय बस बन्द गर्ने घोषणा गरेको हो ।

विद्युत् नियमन आयोगबाट डिमाण्ड शुल्क हटाउने निर्णय भएको एक वर्षसम्म पनि विधुत् प्राधिकरणले अतिरिक्त डिमाण्ड चार्ज लिने काम जारी राखेको भन्दै सुन्दर यातायातले सेवा बन्द गर्ने घोषणा गरेको हो ।

सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले सरकारले विधुत् खपत बढाउँ भनि सरकारले नाटकीय रुपमा आह्वान गर्ने तर आफ्नो निर्णय आफैँ कार्यान्वयन नगरी जनतालाई विद्युतीय सवारी साधन सञ्चालनमा रोक्न नयाँ किसिमको योजनाका साथ सरकार उपस्थित भएको आरोप लगाए ।

आफूहरुले उर्जा मन्त्रालयका सचिवलाई समेत मन्त्रालयबाट यथाशीघ्र २४ घण्टा भित्र सम्बन्धित निकायलाई डिमाण्ड चार्ज हटाउने निर्णय कार्यान्वयनका लागि पहल नभए २४ घण्टा पछि यस कम्पनीले सञ्चालन गर्दै आएको सम्पुर्ण विधुतीय सवारीसाधन चार्जिङ्ग स्टेशन बन्द गर्न बाध्य हुने जानकारी गराएको उनले जानकारी दिए ।

विद्युत् नियमन आयोगको १४५ औं बैठकले प्राधिकरणलाई २०७८ मंसिरमा पत्राचार गर्दै आयोगको १४० औं बैठकले निर्धारण गरे बमोजिम मात्र शुल्क लिन पत्राचार गरेको थियो ।

सुन्दर यातायातले सञ्चालन गर्दै आएको चार्जिङ्ग मेसिन र विद्युतीय बस भोलिबाट बन्द गर्ने घोषणा गर्दै कम्पनीले सरकाको असहयोगको कारणले यो निर्णय लिन बाध्य हुनपरेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ माघ २०७९, सोमबार  १३ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।