हालसम्म ५ खर्ब ८५ अर्ब धेरै रेमिट्यान्स भित्रँदा पुसमा मात्रै १ खर्ब ४ अर्ब

0
Shares

पुस महीनामा मात्रै एक खर्ब चार अर्ब रुपैयाँ धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । २०७९ मंसिर महीनासम्ममा कुल ४ खर्ब ८० अर्ब ५० करोड भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार पुस महिनामा १ खर्ब ४ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएसँगै कुल विप्रेषण आप्रवाह ५ खर्ब ८५ अर्ब ८ करोड रुपेयाँ पुगेको हो ।

अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३० प्रतिशतले वृद्धि भएको हो । (२०७८ पुससम्ममा विप्रेषण आप्रवाह ५.५० प्रतिशतले कमी आई ४ खर्ब ६८ अर्ब ४५ करोड कायम भएको थियो ।

विसं २०७९ पुस मसान्तसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९० प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७० प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६० प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५० प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७० प्रतिशतले वृद्धि भई ६ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो ट्रान्सफर ४.४० प्रतिशतले घटेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ माघ २०७९, सोमबार  १६ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।