नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा दयाराम शर्मा

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २०३ औं सञ्चालक समितिको बैठकबाट दयाराम शर्मालाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले सोमबार एक औपचारिक कार्यक्रमका बीच अध्यक्षमा शर्मालाई सपथ ग्रहण गराएकी हुन् । तत्कालीन अध्यक्ष राम बहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भएपश्चात शर्माले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन् ।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

यसको एनसीएचएल–इसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, कनेक्ट आरटिजीएस, नेशनल पेमन्ट इन्टरफेस (एनपीआई) तथा नेशनल पेमन्ट स्वीच अन्र्तगत रिटेल पेमेन्ट स्वीच (आरपीएस) मार्फत नेपाल पे क्यूआर र नेपाल पे ट्याप लगायतका विभिन्न प्रणाली, च्यानल, प्लेटफर्महरु तथा उपकरणहरु सञ्चालन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ माघ २०७९, सोमबार  १७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।