एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा

0
Shares

नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको छ ।

यो एक पेनिट्रेटिभ वाटरप्रूफिंग समाधान हो, जसले वाटरप्रूफिंग तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ । हाइड्रोलकको सबैभन्दा राम्रो कुरा यो हो कि, यो प्रयोग गर्न निक्कै सजिलो छ ।

यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ । हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँदछ जसले गर्दा यसलाई ‘वाटरप्रूफिङको च्याम्पियन’ को रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।