किसान लघुवित्तको नाफा ९६ प्रतिशत घट्यो

0
Shares

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा ९६.५० प्रतिशत घटेको हो ।

कम्पनीको नाफा उलेख्य घट्नुमा खराब कर्जाको कारण बढेको प्रोभिजन, खुद ब्याज आम्दानीमा कमी देखिएको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३३.९८ प्रतिशत र सञ्चालन आम्दानी २९.३९ प्रतिशतले घटेको छ ।

लघुवित्तले पुस मसान्तसम्ममा खराब कर्जा अनुपात ०.२५ प्रतिशत बिन्दुले बढेर ४.९८ प्रतिशत पुगेको छ । यस्तै सम्भावित जोखिम नोक्सानी व्यवस्था वापतको रकम ६४ लाखबाट बढेर ६ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

नाफा घटसँगै लघुवित्तको प्रति सेयर आम्दानी पनि उल्लेख्य घटेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ६७ पैसामा झरेको छ । अघिल्लो आवको सोही अवधिमा २३ रुपैयाँ ०४ पैसा रहेको थियो । दोस्रो त्रैमाससम्ममा लघुवित्तको प्रति सेयर नेटवर्थ १८४ रुपैयाँ ७२ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५६६ रुपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात १३१७.८६ गुणा छ ।

चुक्ता पूँजी २० प्रतिशत बढ्दा ४७ करोड १३ लाख ७० हजार रुपैयाँ, जगेडा कोष ५.१४ प्रतिशत घटेर ३५ करोड २२ लाख १९ हजार रुपैयाँमा कायम भएको छ । यस अवधिमा निक्षेप ११.९० प्रतिशत बढेर १ अर्ब ४३ करोड १४ लाख, सापटी ७.२७ प्रतिशत घटेर ४ अर्ब ७४ करोड ३६ लाख कायम हुँदा कर्जा लगानी ०.१८ प्रतिशत बढेर ६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ परिचालन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।