सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा १४ करोड ७३ लाख बढी

0
Shares

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्ममा १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १४ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको ४.४० प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी २५.३५ प्रतिशत बढेर १ अर्ब ४० करोड ८० लाख रुपैयाँ कायम भएको कम्पनीको प्रति सेयर आम्दानी २० रुपैयाँ ९९ पैसा कायम भएको छ । जगेडा कोषमा २८ करोड १४ लाख ३१ हजार रुपैयाँ सञ्चित हुँदा प्रति सेयर नेटवर्थ २१६ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २४.५२ प्रतिशतले बढेर ७५ करोड १४ लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६० करोड ३४ लाख ४६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले पुनर्बीमा वापत १४ करोड ८८ लाख ४६ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड १२ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

सिद्धार्थको बीमा कोष १७ प्रतिशत बढेर १ अर्ब २५ करोड ७९ लाख रुपैयाँ र महाविपत्ती कोष २२ प्रतिशत बढेर १० करोड १९ लाख ३३ हजार रुपैयाँ सञ्चित भएको छ । पुससम्म कम्पनीको सम्पत्तिको मूल्य ४१९ रुपैयाँ ९ पैसा र मूल्य आम्दानी अनुपात ३०.८७ गुणा रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले ७३ हजार ७६० वटा बीमालेख जारी गरेकोमा ३१ हजार ३३१ वटा बीमालेख नवीकरण भएका छन् । यसबाट कम्पनीले कुल १ अर्ब ४० करोड १६ लाख १० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । पुस मसान्तसम्म कम्पनीले कुल ७ हजार १०३ वटा दाबी वापत ५९ करोड ९३ लाख ८३ हजार भुक्तानी गरेको छ भने ९ हजार ७३ वटा दाबी वापत परेको १ अर्ब ३७ करोड ११ लाख १५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

अघिल्लो आवको पुस मसान्तसम्म कम्पनीले १ लाख ३ हजार ७८३ वटा बीमालेख जारी गरेकोमा २६ हजार २६२ वटा बीमालेख नवीकरण भएका थिए । सो अवधिसम्म कम्पनीले कुल १ अर्ब ३९ करोड ३७ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले उक्त समयमा कुल ४ हजार ८१३ वटा दाबी वापत ५८ करोड २५ लाख २९ हजार भुक्तानी गरेको थियो भने ९ हजार ११८ वटा दाबी वापत परेको १ अर्ब ८९ करोड ७८ लाख ५४ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।