सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

0
Shares

बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढ्दा चाँदीको भाउमा भने तोलामा पाँच रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छावापाल सुनको मूल्य १ लाख ४ हजार ८०० रुपैयाँ, तेजावी सुनको मूल्य १ लाख ४ हजार ३०० र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो मंगलबार सुनचाँदी दुबैको भाउ स्थीर रहेको थियो । उक्त दिन छापावाल सुन १ लाख ४ हजार ६०० रुपैयाँ तथा तेजावी सुन १ लाख ४ हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८७२ अमेरिकी डलर र चाँदी प्रतिऔंस २२.१९ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७९, बुधबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।