माउन्टेन हाइड्रोको नाफा १२ करोड धेरै

0
Shares

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १२ करोड ४ लाख ९७ हजार खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा १४ करोड ३८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा १६.२३ प्रतिशतले घटेको हो । वित्तीय खर्च बढ्दा तथा विद्युत बिक्री घट्दा यस कम्पनीको नाफामा गिरावट देखिएको हो ।

पुससम्ममा कम्पनीेले ३६ करोड ५८ लाख ७२ हजार रुपैयाँ मात्र विद्युत् बिक्रीबाट आम्दानी गरेको छ । गत आवको सोही अवधमिा यस्तो आम्दानी ३७ करोड ४३ लाख ७३ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको माउन्टेन हाइड्रोको जगेडा कोषमा १२ करोड २६ लाख ५८ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८१ पैसा रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १३ करोड १६ लाखबाट बढेर १३ करोड ९९ लाख १४ हजार रुपैयाँ पुगेको छ । साथै कम्पनीको प्रशासनिक खर्च ७५ लाख १ हजार रुपैयाँबाट बढेर ८५ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले २२.१० मेगावट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजनाबाट २०७६ साउन २१ ग्तेदेखि व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।