मुक्तिनाथको अधिकांश सूचकमा बढोत्तरी, ३ महिनाको नाफा पौने २३ करोड

0
Shares

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ५.२३ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २१ करोड ७३ लाख खुद नाफा गरेको थियो । बैंकको यस अवधिमा वितरण योग्य नाफा ११ करोड ४३ लाख छ । 

बैंकले समीक्षा अवधिमा ४४ अर्ब ३२ करोड निक्षेप संकलन गरेर ४१ अर्ब २६ करोड कर्जा परिचालन गरेको छ । बैंकको निक्षेप संकलन र कर्जा विस्तारमा पनि सुधार देखिएको छ । यस अवधिमा बैंकले ५२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाख छ भने सञ्चित कोषमा ७६ करोड ६६ लाख र रिटेन अर्निङ ८२ करोड छ । बैंकको प्रतिशेयर आम्दानी बार्षिक २९ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ७७ पैसा छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.०२ बाट बढेर ०.१३ प्रतिशत पुगेको छ । जसको मूल्य आम्दानी अनुपात १०.३८ गुणा बढी छ । यस्तै पूँजी प्रयाप्तता १२.९७ प्रतिशत, कस्ट अफ फण्ड ८.५० प्रतिशत, आधारदर ११.०५, स्प्रेडदर ५.९१ र सिसिडि रेशियो ७७.७८ प्रतिशत छ ।

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई १८.५३ प्रतिशत लाभांश बितरण गर्ने घोषणा गरेको छ । केही समय अघि निष्काशित २० प्रतिशत हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

३ अर्ब ६७ करोड ७७ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात चुक्ता पूँजी ४ अर्ब ३२ करोड ४९ रुपैयाँ हुनेछ ।
मुक्तिनाथ विकास बैंकको गत भदौ १२ गतेदेखि ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो ।