सुपरमाई हाइड्रोपावरको आईपीओ १३ लाख ८६ हजारले भरे

0
Shares

सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिन बिहीबारसम्ममा १३ लाख ८६ हजार ८०२ वटा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार ५ः०३ बजेसम्ममा १ अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता सेयरको आवेदन परेको हो । यो संख्या सर्वसाधारणबाट माग भएको तुलनामा ३७.१२ गुणा हो ।

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणलाई ४ लाख १५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेको छ । यस आधारमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओ ४१ हजार ५०० जनाले मात्रै गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।