बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्ममा १ करोड ६५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको सोही अवधिमा २ करोड ४ लाख रुपैयाँ कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा १९.०७ प्रतिशत घटेको हो । विद्युत बिक्री आम्दानी बढेपनि खर्च वृद्धि भएका कारण कम्पनीको खुद नाफा भने घटेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्रीबाट ५ करोड ६८ लाख ८९ हजार रुपैयाँ कमाएको कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ९९ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बिद्युत बिक्री आय ५.४२ प्रतिशत धेरै हो ।
चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको बरुणको प्रति सेयर आम्दानी ६ रुपैयाँ १७ पैसा, प्रति सेयर नेटवर्थ ११३ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात ४४.४० गुणा छ । कम्पनीको जगेडामा ७ करोड १० लाख रुपैयाँ सञ्चित छ । जुन गत आवको सोही अवधिको तुलनामा १७९ प्रतिशत धेरै हो ।
कम्पनीको प्रशासनिक खर्च २५० प्रतिशत बढेको छ । यस्तै वित्तीय खर्च तथा ह्रासकट्टी खर्च समेत बढेका छन् । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५२ लाख गरेको प्रशासनिक खर्च १ करोड ८३ लाख माथि पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया