मेट लाइफको नाफा ४० प्रतिशत बढ्यो

0
Shares

मेट लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षका दोस्रो त्रैमाससम्ममा १४ करोड ५३ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिसम्म १० करोड ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा ३९.९२ प्रतिशतले बढेको हो ।

पुससम्म कम्पनीले २ अर्ब ४० करोड ७६ लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा ५ प्रतिशतले कम हो ।गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सको जीवन बीमा कोषमा २१ अर्ब ८७ करोड ९० लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३४ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले पुनर्बीमा कमिशन वापत ५ करोड ७ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्यबाट ९८ करोड १० लाख रुपैयाँ र बीमालेख धितोमा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ लगानी गरी ७ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले पुससम्म ९ लाख ७९ हजार ३४० वटा बीमालेख जारी गरेको छ । कम्पनीको कुल बीमा शुल्क संकलन २ अर्ब ५० करोड २७ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीले २ हजार ७९० वटा दाबी वापत १ अर्ब ३८ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४६० वटा दाबी वापत ६८ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।