सुनको भाउ यो साता तोलामा २ हजार ५०० रुपैयाँले सस्तिएको छ । यस अवधिमा चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको भाउ निर्धारण हुने अन्तिम दिन माघ २७ गते शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ तथा तेजावी १ लाख ३ हजार १०० रुपैयाँमा खरिद बिक्री भयो ।
अघिल्लो साता माघ २० गते शुक्रबार सुनको छापावाल सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ तथा तेजावी १ लाख ५ हजार ६०० रुपैयाँ रहेको थियो ।
यस्तै अघिल्लो साता चाँदीको भाउ १ हजार ३६५ रुपैयाँ रहेकोमा यो सता ७५ रुपैयाँले घट्दै माघ २७ गते शुक्रबार १ हजार २९० रुपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८६५ अमेरिकी डलर र चाँदी प्रतिऔंस २२.०१ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया