समता लघुवित्तको २०० प्रतिशत हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

समता माइक्रोफाइनान्सले गत असोज २६ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन परेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको एक बराबर दुई अनुपातमा हकप्रद बिक्री जारी गरेको हो । कम्पनीले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि भदौ ३१ गते बुक क्लोज गरेको थियो । जस अनुसार भदौ ३१ गतेसम्म कायम शेयरधनीले आज मंसिर १ गतेसम्म हकप्रद शेयरमा आवेदन गर्न पाउनेछन् ।

शेयरधनीहरुले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तिनको शाखा कार्यालय र मेरो शेयर सफ्टवेयर मार्फत अनलाईन आवेदन गर्न सक्नेछन्। हकप्रद शेयर निष्काशनको लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस र कर सहित १६.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।