अपि पावरको नाफा दोस्रो त्रैमासमा आधा खुम्चियो

0
Shares

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म खुद नाफा ५६.५२ प्रतिशत घटेको छ । अन्य आम्दानी बढेको भएपनि कम्पनीको मुद्यय आयस्रोत विद्युत बिक्री घटेको तथा बढ्दो खर्चका कारण कम्पनीको नाफा घट्न पुगेको हो ।

पुससम्म कम्पनीले ६ करोड २३ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी ३१ करोड ४६ लाख रुपैयाँबाट १२.८५ प्रतिशत घटेर २७ करोड ४२ लाख रुपैयाँ खुम्चिएको छ ।

पुस मसान्तसम्ममा कम्पनीको कुल नाफा १८.८९ प्रतिशत घटेर २३ करोड ५३ लाख ६७ हजार कायम भएको छ भने अन्य आम्दानी ९६.४३ प्रतिशत बढेर ५८ लाख ३८ हजार पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च २१.०८ प्रतिशत बढेर १७ करोड ५२ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिमा नाफा घटेसँगै प्रति सेयर आम्दानी ७ रुपैयाँ १६ पैसा घटेर ३ रुपैयाँ २५ पैसामा झरेको छ । अन्य इक्विटी ३७ करोड १२ लाख रुपैयाँ रहेको कम्पनीको प्रति सेयर नेटवर्थ १०९ रुपैयाँ ६६ पैसा र मूल्य आम्दानी अनुपात ८४.१२ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार  १४ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।