सहकारी बैंकको नाफा ९९% ले घट्दा साढे २५ लाखमा खुम्चियो

0
Shares

राष्ट्रिय सहकारी बैंकको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९९ प्रतिशतले घटेको छ ।

कम्पनीले गत आवको पुससम्ममा ४३ करोड २१ लाख ३० हजार नाफा कमाएकोमा चालु आवको सोही अवधिमा २५ लाख ६७ हजार रुपैयाँमा झरेको हो ।

राष्ट्रिय सहकारी बैंकले यो वर्षको पुससम्म ६० करोड ३५ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३७.८४ प्रतिशतले घटी रहेको छ । गत आवको सोही अवधिमा ९७ करोड १० लाख रुपैयाँ थियो ।

खराब कर्जा १.९६ बाट बढेर ४.२० प्रतिशत पुगेपछि बैंकको सम्भावित कर्जा नोक्सानी व्यवस्था वापत २३ करोड ८५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

सार्वजनिक वित्तीय विवरणमा पुस मसान्तसम्म बैंकको सेयर पुँजी २ अर्ब ९४ करोड १२ लाख ९३ हजार रहेको छ । जगेडा तथा कोषहरुमा २५.४३ प्रतिशतको वृद्धिदर सहित २ अर्ब १२ करोड १० लाख २२ हजार सञ्चित रहेको छ ।

बैंकको निक्षेप घटेर ४१ अर्ब ६३ करोड २ लाख र कर्जामा पनि घटेर ३२ अर्ब ९८ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४५ अर्ब ४८ करोड ८३ लाख निक्षेप संकलन गरी ३७ अर्ब ८० करोड ५५ लाख लगानी गरेको थियो ।

सहकारी क्षेत्रमा सबैभन्दा ठूलो वित्तीय परिचालन गर्ने बैंकको वित्तीय अवस्था केही विकास बैंकहरुभन्दा ठूलो र सुदृढ देखिएको छ । बैंकमा हाल देशका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ–संस्थाहरु गरी करिब १४ हजार बढी सदस्यहरु छन् । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत सदस्यहरुलाई सेवा दिइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार  १७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।