गोर्खाज फाइनान्सको खराब कर्जाको भारले नाफामा देखियो यस्तो गिरावट

0
Shares

गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १८.५१ प्रतिशतले कम हो ।

गत वर्ष संस्थाले २ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको व्याज आम्दानी बढेपनि संचालन नाफा भने घटेको छ ।

असोज मसान्तसम्म ६ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी संस्थाले ५ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको निक्षेप घटेका छ भने कर्जा बढेको छ । जगेडाकोषमा सुध्रएिको छ । जसको जगेडाकोषमा ६३ करोड भन्दा बढी रकम छ ।

८६ करोड ६५ लाख चुक्ता पूँजी रहेको संस्थाको प्रतिशेयर आम्दानी ९.४१ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात ११.५८ प्रतिशत गुणा छ, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ७५ पैसा, तलता अनुपात २८.३० प्रतिशत छ । जसको खराब कर्जा ४.४२ प्रतिशत छ ।