फोर्डले चिनियाँ अटोमेकरसँगको सहकार्यमा अमेरिकामा ३ अर्ब डलर लगानी गर्ने

0
Shares

चीन र अमेरिकाबीच व्यापार सम्बन्धमा तनाव बढिरहेको समयमा अमेरिकी अटोमेकर कम्पनी फोर्डले चिनियाँ अटोमेकर कम्पनीसँगको सहकार्यमा अमेरिकामा नै लगानी विस्तार गर्ने भएको छ ।

कम्पनीले विदुतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री तथा विदुतीय कारहरुको उत्पादनका लागि ३ अर्ब ५० करोड डलर लगानी गरेको हो ।
अटोमेकर कम्पनी फोर्डका अध्यक्ष बिल फोर्डले सीएटीएलसँगको सहकार्यले ब्याट्रीको उत्पादन वृद्धि गर्नमा सहयोग पुग्ने बताए । अमेरिकाको मिचिगन प्रान्तमा स्थापना हुने प्लान्टले अमेरिकाको विद्युतीय सवारी उत्पादन क्षमता वृद्धि गर्ने र लिथियम आइरन फोस्पेट ब्याट्रीको उत्पादन वृद्धि गर्ने फोर्डका उपाध्यक्ष लिसा ड्रेकले जनाएकी छिन् ।

३ अर्ब ५० करोड डलर लगानीमा निर्माण हुन लागेको उक्त प्लानटको निर्माण कार्य सन् २०२६ सम्ममा सकिने र सो अवधिमा २ हजार ५०० बढी मानिसहरुले रोजगारी पाउने फोर्डले जनाएको छ ।

यस्तै यस अघि फोर्डले विद्युतीय सवारीको उत्पादन वृद्धिका लागि अमेरिकाका विभिन्न सहरहरुमा १७ अर्ब ६० करोड डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । उक्त लगानीमा निर्माण हुने ब्याट्री प्लान्ट तथा कार फ्याक्ट्रीहरुले १८ हजार बढी प्रत्यक्ष रोजगारी बढाउने र १ लाखको सङ्ख्यामा अप्रत्यक्ष रोजगारी सिर्जना हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।