महासंघद्वारा टर्कीएका भुकम्प पीडित जनताको सहयोगार्थ राहत सामग्री हस्तान्तरण


टर्कीएमा हालै गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरूको सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघकातर्फबाट विभिन्न सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघकातर्फबाट गृह मन्त्रालय,राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तरगतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरिएको हो ।

महासंघबाट पठाइएको सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपीङ व्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लव्स, व्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट आदि रहेका छन् ।

सहायता सामग्रीका लागि महासंघको सदस्य रसायन तथा मेडिकल आपूर्ति संघ, नेपालको समेत सहयोग रहेको छ ।

महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।