उपकार लघुवित्त र अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

उपकार लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

उपकार लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र कर सहित ३.२५ प्रतिशत नगद लाभांश गरी जम्मा ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न वित्तीय संस्थाले फागुन १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

यस्तै अपि पावरले ७.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी जम्मा ७.८९५ लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव र बोनस सेयरपछि कायम हुने पुँजीमा ४० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले फागुन १४ गते बानेश्वर ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा र लाभांश प्रयोजनका दुबै कम्पनीले फागुन ४ गते बुकक्लोज गर्दैछन् । बुकक्लोज अनुसार लाभा.श पाउने बुकक्लोजको अघिल्लो दिनसम्म सेयरधनी भैसक्नुपर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।