सुनको भाउ थप सस्तियो, चाँदी पनि घट्दै

0
Shares

सुनको भाउ बुधबार थप सस्तिएको छ । मंगलबारको तुलनामा नेपाली बजारमा सुन तोलामा २०० रुपैयाँले सस्तिएको हो । हिजो पनि सुन तोलामा २०० ले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख ३ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुनप्रतितोला १ लाख ३ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख ३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार २९०रुपैयाँ चाँदीको मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८४६ अमेरिकी डलर र चाँदी प्रतिऔंस २१.७४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।