नेपाल बैंकले साढे दुई अर्बको ऋणपत्र जारी गर्ने

0
Shares

नेपाल बैंकले ’१०% एनबिएल डिबेन्चर २०८३’ ऋणपत्र जारी गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड बराबरको ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकले ७ बर्ष अवधिको उक्त ऋणपत्रमा १० प्रतिशत ब्याज उपलब्ध गराउने जनाएको छ । बैंकले निष्काशन गर्ने कुल २५ लाख कित्ता ऋणपत्र मध्ये १५ लाख कित्ता व्यक्तिगतलाई र १० लाख कित्ता सर्वसाधारणको लागि छुट्याएको छ।

निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन।