रुख काट्न अनुमति नदिँदा सडक अधुरै

0
Shares

मोरङको लेटाङमा पर्ने पथरी–जाँते–ज्यामिरे सडकमा पर्ने जंगल क्षेत्रका रुख कटानको अनुमति नदिँदा सडक अधुरै रहेको छ । विसं २०७६ मङ्सिरमा शिलान्यास गरिएको उक्त सडक दुई वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको थियो ।

प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ५४ करोड ४८ लाख रुपैयाँको लागतमा उक्त सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन, काठमाडौंले जिम्मा लिएको हो । विसं २०७८ असोज मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढेपनि हालसम्म सडक अधुरै छ । पथरीबाट ज्यामिरेसम्म १९.६० किलोमिटर सडकमध्ये तीन किलोमिटर कालोपत्र गरिएको छ ।

सडक निर्माण गर्न रुख कटानको अनुमति नपाउँदा काममा बाधा पुगेको सब डिभिजन वन कार्यालय जाँतेका सहायक वन अधिकृत राजेश घिमिरेले बताए । समयमै सडक नबन्दा उपभोक्ताले सास्ती पाएका छन् । जाँते र ज्यामिरे क्षेत्रका बासिन्दाका लागि नजिकको बजार पथरी हो ।

सडक नबन्दा यहाँको कृषिजन्य उत्पादनले बजार पाउन सकेको छैन । उत्तरी मोरङलाई भारतको सिक्टी नाकासँग जोड्ने छोटो दूरीको सडक पनि यही नै हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७९, बुधबार  ११ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।