लक्ष्मी बैंकको पनि सजिलै बिक्यो ऋणपत्र, आइतबार बाँडफाँड

0
Shares

लक्ष्मी बैंकले निष्काशन गरेको २ अर्ब रुपैयाँ बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड भएको छ । आइतबार बिहान लक्ष्मी बैंकको केन्द्रिय कार्यालयमा शेयर बाँडफाँड गरिएको हो ।

कूल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरे बमोजिम नै ७९ हजार ९९६ कित्ता र व्यक्तिगत तवरतर्फ २३ जना आवेदकलाई माग गरे बमोजिम नै १९ लाख २० हजार ४ कित्ता ऋणपत्र बाँडफाँड गरेको हो ।

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत प्रतिशत आवेदन प्राप्त भएको थियो । ऋणपत्रको आवेदन २०७६ साल आश्विन २३ गते सुरु भई कात्तिक २२ गते समाप्त भएको थियो ।

बैंकले हाल ११६ शाखा, २ एक्सेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १४१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु मार्फत सेवा दिँदै आएको छ ।