दुई कम्पनीको बोनसपछि सेयरमूल्य समायोजन भएको छ । उपकार लघुवित्त र अपि पावरको बिहीबार कारोबार समयपछि सेयरमूल्य समायोजन भएको हो ।
उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनसपछि प्रतिकित्ता २ हजार ३१० रुपैयाँ ३६ पैसा तोकिएको छ । बिहीबार लघुवित्तको सेयर अन्तिम पटक ३ हजार ७३७ रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै अपि पावरको ७.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २६६ रुपैयाँ ५ पैसा समायोजित सेयरमूल्य निर्धारण भएको छ । कम्पनीको सेयर बिहीबार अन्तिम पटक प्रतिकित्ता २८६ रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार दुबै कम्पनीको सेयर आज समायोजन भएको सेयरमूल्यलाई आधार मानेर कारोबार खुल्नेछ ।
साधारण सभा र लाभांश प्रयोजनका दुबै कम्पनीले फागुन ४ गते बुकक्लोज गर्दैछन् । बुकक्लोज अनुसार लाभांश पाउन बुकक्लोजको अघिल्लो दिन अथाृत फागुन ३ गते बुधबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
उपकारले गत आर्थिक वर्षको नाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र कर सहित ३।२५ प्रतिशत नगद लाभांश गरी जम्मा ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न वित्तीय संस्थाले फागुन १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
यस्तै अपि पावरले ७.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी जम्मा ७।८९५ लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव र बोनस सेयरपछि कायम हुने पुँजीमा ४० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले फागुन १४ गते बानेश्वर ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया