चार महिनाअघि सहमति गरेका दुई कम्पनीकोे मर्जर सम्झौता भङ्ग

0
Shares

विजय लघुवित्त र स्वेडा लघुवित्त बिचको मर्जर प्रक्रिया भाँडिएको छ । नजुटेपछि विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता भङ्ग गरेको हो ।

गत असार २६ गते विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतामा दुई कम्पनीबीच हस्ताक्षर भएको थियो । स्वाप रेशियोमा सहमति नजुटेपछि प्रारम्भिक सम्झौता गरेको चार महिनापछि दुई कम्पनीको एक्विजिशन सम्झौता भङ्ग भएको हो ।

विजय लघुवित्तको कार्तिक २९ गते बसको संचालक समितिको बैठकले स्वेडालाई प्राप्ति गर्ने निर्णय भङ्ग गरेको कम्पनी सचिव नारायण सापकोटाले जानकारी दिए ।

विजय लघुवित्तको १९ करोड ४८ लाख तथा स्वेडाको १ करोड ३८ लाख रुपैयाँ चुक्ता पूँजी छ । नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेकोविजय लघुवित्तले ३६ जिल्लामा र धादिङ्गको धार्केमा केन्द्रीय कार्यालय रहेको स्वेडाले ११ जिल्लामा सेवा दिँदै आएका छन् ।