महिला लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुईवटै लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ५ गते शुक्रबार बुकक्लोज गर्दैछन्। बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
महिला लघुवित्त
महिला लघुवित्तले गत आवबाट चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न लघुवित्तले फागुन २१ गते आइतबार पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा बिहान ११ बजे आह्वान गरिएको छ ।
साथै लघुवित्तको सभाले महिला लघुवित्त र अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
मिथिला लघुवित्त
मिथिला लघुवित्तले गत आवबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न लघुवित्तले फागुन १७ गते बुधबार चौधौं वार्षिक साधारण सभा डाकेको छ । सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल, लालगढ, धनुषामा बिहान ११ बजे आह्वान गरिएको छ ।
साथै सभाले मिथिला लघुवित्त र अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक तथा सर्वसाधारण सेयर स्वामित्व परिवर्तन गरी ५१ः४९ कायम गर्ने, दुई जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया