दुई लघुवित्तको सेयरमूल्य समायोजन, कति तोकियो भाउ ?

0
Shares

महिला लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ । महिला लघुवित्तको ४७.५० प्रतिशत र मिथिला लघुवित्तको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

दुबै लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बोनस समायोजन गरी नयाँ भाउ तोकेको हो ।

नेप्सेले बिहीबारको सेयर बजारमा कारोबार भएको अन्तिम भाउलाई आधार मानेर प्रस्तावित बोनस समायोजन गरेको हो । बोनस समायोजनपछि नेप्सेले महिला लघुवित्तको प्रतिकित्ता २ हजार ७६५ रुपैयाँ ४२ पैसा र मिथिला लघुवित्तको ९२१ रुपैयाँ ७४ पैसा तोकेको छ । अब आइतबार आज निर्धारण भएको समायोजित मूल्यकै आधारमा दुबै संस्थाको सेयर कारोबार खुल्नेछ ।

बिहीबार महिला लघुवित्तको सेयर अन्तिम पटक ४०७९ रुपैयाँ र मिथिला लघुवित्तको १०६० रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहिबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।