सुपरमाई हाइड्रोपावरको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने

0
Shares

सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ सेयर शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा शुक्रबार बिहान १० बजे सेयर बाँडफाँड हुने भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार सबै आवेदकलाई न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्न अपुग हुने भएकाले गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको सेयर ४१ हजार ५०० जनाले मात्रै सेयर हात पार्नेछन् । अन्तिम दिनसम्मको तथ्याङ्कलाई आधार मान्दा सेयर पाउने तथ्याङ्क ३ प्रतिशत अर्थात १०० जनामा ३ जना मात्र देखिन्छ । ९७ प्रतिशतको हात भने खाली हुनेछ ।

कम्पनीले माघ २३ देखि २६ गतेसम्म ४ लाख १५ हजार कित्ताको लागि सेयर निष्कासन गरेको थियो । जुन सर्वसाधारणलाई निष्काशन गरेको तुलनामा ३७.१२ गुणा बढी हो ।

अन्तिम दिनसम्मको तथ्यांक अनुसार कम्पनीको आईपीओमा १३ लाख ८६ हजार ८०२ वटा आवेदनबाट १ अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता सेयर खरिदको आवेदन परेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।