सुपरमाई हाइड्रोको आईपीओ बाँडफाँड, १०० मा ३ जनाले मात्र हात पारे सेयर

0
Shares

सुपरमाई हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बिहान बाँडफाँड भएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा शुक्रबार बिहान १० बजे सेयर बाँडफाँडमा ४१ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका हुन् ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ताको दरले सेयर वितरण गर्न अपुग हुने भएकाले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।  बाँडफाँडमा १०० मध्ये ३ जनाले मात्र सेयर हात पारेका हुन् । ९७ प्रतिशतको हात भने खाली भएको छ । आईपीओमा आवेदन दिएकामध्ये १२ लाख ८० हजार ९९२ जनाले सेयर प्राप्त गर्न सकेनन् ।

कुल आवेदकमध्ये जनाको आवेदन रितपुर्वक नपरेका कारण ४ हजार १७२ वटा रद्द भएको हो । सदर १३ लाख १८ हजार ३२० वटा आवेदनमध्ये सबैलाई सेयर अपुग भएपछि योग्य आवेदकमध्ये पनि १२ लाख ७६ हजार ८२० जनाले सेयर प्राप्त गर्न सकेनन् । जुन सदर आवेदकको ९६.८५ प्रतिशत हो ।

अन्तिम दिनसम्मको तथ्यांक अनुसार कम्पनीको आईपीओमा १३ लाख २२ हजार ४९२ वटा आवेदनबाट १ अर्ब ४३ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २७ हजार ९२० कित्ता सेयर खरिदको आवेदन परेको थियो । जसमध्ये १३ लाख १८ हजार ३२० वटा आवेदनबाट परेको १ करोड ४२ लाख ७२ हजार ९७० कित्ताको आवेदन सदर भएको थियो ।

रद्द भएको कुल आवेदकमध्ये सि–आश्वाबाट दोहोरो आवेदन परेका १०२१ वटा आवेदनबाट परेको १४ हजार ६४० कित्ता, स्थानीय बासिन्दाबाट परेको १२५९ आवेदनबाट १६ हजार १६० कित्ता, वैदेशिक रोजगारीमा रहेर परेको १८८६ वटा आवेदनबाट परेको २४ हजार ६० कित्ता र संस्थापकहरुको ६ वटा आवेदनबाट परेको ९० कित्ताको माग रितपुर्वक नपरेका कारण रद्द गरिएको हो ।

कम्पनीले माघ २३ देखि २६ गतेसम्म ४ लाख १५ हजार कित्ताको लागि सेयर निष्कासन गरेको थियो । जुन सर्वसाधारणलाई निष्काशन गरेको तुलनामा ३४.५३ गुणा बढी हो ।

कम्पनीले यसअघि कर्मचारीहरुका लागि १० हजार, सामुहिक लगानी कोषका लागि २५ हजार, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ५० हजार र स्थानीय बासिन्दालाई ५ लाख कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।