मर्जर प्राप्तीका कारण १८३ संस्थाहरुको इजाजत खारेज

0
Shares

बैंक तथा वित्तीय संस्थाहरु मर्जर–प्राप्ति प्रक्रियामा सामेल हुँदा २०७९ पुस मसान्तसम्म १८३ संस्थाहरुको इजाजत खारेज भएको छ । पछिल्लो एक वर्षमा मात्रै १६ वटा संस्थाहरु मर्जर तथा प्राप्तीमा सहभागि भएर ६ इजाजत खारेज भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराए २०७९ पुस मसान्तसम्ममा उल्लेख्य मात्रामा बैंक तथा वित्तीय संस्थाहरु घटेका हुन् ।

केन्द्रीय बैंकका अनुसार कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर–प्राप्ति प्रक्रियामा सामेल भई ७२ संस्था कायम भएका हुन् । यस अवधिमा १८३ संस्थाहरुको इजाजत खारेज भएको हो । विसं २०७८ पुस मसान्तसम्म कुल २३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर–प्राप्ति प्रक्रियामा सामेल भएकामा १७७ संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका थिए ।

चालु आर्थिक वर्ष (साउन १ गते) सुरु भएयता कुमारी बैंकमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक, प्रभु बैंकमा सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकमा बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंकमा मेगा बैंक नेपाल लिमिटेड र मिर्मिरे लघुवित्तलमा बुद्दज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आफूमा समाहित गरेका थिए । सोभन्दा अघि नबिल बैंकमा २०७९ असार २७ गतेदेखि नेपाल बंगलादेश बैंक बिलय भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।