सामुदायिक लघुवित्तको २१% लाभांश घोषणा, बोनस र नगद कति ?

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ सहित ११.०५२६३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कायम चुक्तापुँजी १३ करोड २० लाख रुपैयाँ छ । जसको २१.०५२६३ प्रतिशतले हुन आउने २ करोड ७७ लाख ८९ हजार ४७४ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ । जसमध्ये १ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ४५ लाख ८९ हजार ४७४ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।