नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

नबिल बैंक लिमिटेडको ३ लाख कित्ता संस्थापक सेयर फागुन १० गतेदेखि बिक्रीमा ल्याएको छ ।

बैंकले विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी सो सेयरको बुधबारदेखि बिक्री खुला गरेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ । सेयर खरिद चाहनेले सो वा सोभन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । १० लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

उक्त, सेयर खरीदका लागि फागुन २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी फागुन २८ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।

बैंकको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।