रिडी पावरको अध्यक्षबाट गुरु न्यौपानेले दिएको राजीनामा स्वीकृत, सञ्जीव नियुक्त


रिडी पावर कम्पनीका अध्यक्ष गुरु न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । अध्यक्ष न्यौपानेले अध्यक्ष पदबाट दिएको राजीनामा फागुन ८ गते सोमबार बसेको कम्पनी सञ्चालन समितिको बैठकले स्वीकृत गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले गुरुको राजिनामा स्वीकृत गर्दै उनका छोरा सञ्जिव न्यौपानेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालकमा दिव्या कोइरालालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।