हल्ट प्राइज केसीएम र टोस्टमास्टर केसीएमको सहकार्यमा ‘वाक्कला र शारिरीक हाउभाउको महत्व’ कार्यक्रम सम्पन्न


काठमाडौँ कलेज अफ म्यानेजमेन्ट (केसीएम)को हल्ट प्राइज एकाइले कलेजकै टोस्टमास्टर एकाइसँगको सहकार्यमा ‘वाक्कला र शारिरीक हाउभाउको महत्व’ विषयमा एक दिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वक्तव्य दिँदा बोलीको लवज, अनुहारमा देखिने भाव र हाउभाउको महत्वका विषयमा जानकारी गराएको हल्ट प्राइज केसीएमकी मिडिया प्रबन्धक सुलभी पोखरेलले बताइन् ।

यस कार्यक्रमले सहभागीहरुलाई निर्धक्क, आत्मविश्वासका साथ आफ्ना कुरा अरुको अगाडि राख्न मात्र नभई मानिसहरुलाई प्रभावित बनाउन सहयोग पु¥याएको उनको भनाई छ ।

विद्यार्थीहरुका लागि नोबेल पुरस्कार सरह मानिने ‘हल्ट प्राइज’ मा काठमाडौँ कलेज अफ म्यानेजमेन्टको पनि सहभागिता रहेको छ । जसका लागि हल्ट प्राइज केसीएक एकाइले विभिन्न कार्यक्रम गरी विद्यार्थीहरुको आत्मविश्वास तथा क्षमता अभिवृद्धि सम्बन्धी कामहरु गरिरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।