ठूलो रकमसहित हुण्डी कारोवारी पक्राउ

0
Shares

ठूलो रकमसहित हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।

उनका अनुसार उनको कोठामा छापा मार्दा ३६ लाख नगद, साट्न राखेको ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो । पैसा र चेकसहित उनलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १ मंसिर २०७६, आइतबार  २० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।