भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा/ब्याज भुक्तान गरे पेनाल नलाग्ने

0
Shares

बैंक तथा वित्तीय संस्थाले ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन-२०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।

अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवारब्याज भाखा नाघेको ३० दिनभित्र भुक्तान गरेमा हर्जना ब्याज तिर्नु पर्नेछैन् ।
राष्ट्र बैंकले यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा/ब्याजमा मात्र लागू हुने प्रष्ट पारको छ ।

तर, यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवारब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको बैंकले पेनाल ब्याज लिन सक्ने राष्ट्र बैंकको निर्देशनमा छ ।

२ करोड रुपैयाँसम्मको कर्जालाई पुनर्तालिकीकरण सुविधा

साथै राष्ट्र बैंकले साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल उपर गरी पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिने व्यवस्था छ ।

राष्ट्र बैंकका अनुसार यस्तो पुनरतालिकीकरण र/वा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्नेछ ।

यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ ।

त्यस्तै पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जाहरुलाई असल वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

स्पष्ट आधार बिना पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको पाइएमा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।