चौथो त्रैमासिकमा भारतको जीडीपी वृद्धिदर ४.४ प्रतिशतले घट्यो


भारतको आर्थिक वृद्धि दर सन् २०२२ को चौथो त्रैमासिकमा ४.४ प्रतिशतमा झरेको छ ।

तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयको सङ्घीय राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) द्वारा मङ्गलबार जारी गरिएको तथ्याङ्कले गत अक्टोबरदेखि डिसेम्बरमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि जुलाईदेखि सेप्टेम्बरमा ६.३ प्रतिशतबाट ४.४ प्रतिशतमा झरेको देखाएको छ ।

सरकारले जारी गरेको दोस्रो अग्रिम अनुमानअनुसार भारतको जीडीपी आर्थिक वर्ष २०२२–२३ का लागि ७ प्रतिशतले बढ्न सक्ने अनुमान छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।