लिवर्टी इनर्जीलाई हकप्रद बेच्न आयोगको अनुमति

0
Shares

लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ ।

आयोगको १८७ औं बैठकले कम्पनीलाई हकप्रद निष्काशन गर्न सहमति प्रदान गरेको शाखा अधिकृत सावित्रा पाण्डेले जानकारी दिइन् ।

आयोगले १ बराबर ०.५० कित्ता अनुपातमा चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न प्रस्ताव साधारण सभामा पेश गर्न सहमति प्रदान गरेको हो ।

उक्त हकप्रद जारी भएको कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।