कृषि विकास बैंकले बोलायो साधारण सभा

0
Shares

कृषि विकास बैंकले चैत १४ गते १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बैंकले बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको चुक्ता पुँजीको २ प्रतिशतका दरले बोनस र कर प्रयोजन सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीहरुलाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

साथै सभाबाट ३ जना सर्वसाधारण सेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गते मंगलबारदेखि चैत १४ गतेसम्म बुकक्लोज मिति तोेकेको छ ।

बुकक्लोज अनुसार फागुन २९ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार  १० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।