हनुमन्त ग्रुप अफ इन्डष्ट्रिजको हनुमन्त रग्सको सञ्चालन आम्दानीमा आकर्षक वृद्धि देखिएको छ ।
सन् २०२२ मा कम्पनीले ३६ करोड ५० लाख बराबरको कारोबार गरेको छ । सन् २०२१ मा कम्पनीले १४ करोड सञ्चालन आम्दानी गरेको थियो । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी १६० प्रतिशतले बढेको हो ।
कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएता पनि अन्य वित्तीय सूचांकहरु कमजोर देखिएका छन् । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर अघिको कम्पनीको नाफा सन् २०२२ मा कुल सञ्चालन आम्दानीको ३१.२८ प्रतिशत रहेको छ । यस अघि सन् २०२१ मा कम्पनीको उक्त नाफा सञ्चालन आम्दानीको ४१.८१ प्रतिशत थियो । यस्तै कम्पनीले लिएको कर्जाको ब्याज तिर्न सक्ने क्षमता कुल कर्जाको २.६५ गुणा रहेको छ ।
सन् २०१७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका रगहरुको उत्पादन गर्दै आएको छ । कम्पनीका अध्यक्ष मनिष अग्रवाल रहेका छन् भने कम्पनीका प्रबन्ध निर्देशक अनिल कुमार अग्रवाल रहेका छन् । कम्पनीले डिजाइनर कार्पेट, उलन कार्पेट, कटन कार्पेट लगायतका विभिन्न कार्पेटहरुको उत्पादन गर्दै आएको छ ।
कम्पनीले ६२ करोड १७ लाख ५० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कुल २७ करोड ८८ लाख २० हजार बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयर रेटिङ नेपालले बी प्लस रेटिङ गरेको छ भने ३४ करोड २९ लाख ३० हजार बराबरको अल्पकालीन कर्जाका लागि ए–४ रेटिङ गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया